२०८३, भाद्र २२ गते

Sep 07 2026 | २०८३, भाद्र २२ गते

बाढीमा ज्यान गुमाएकाको सम्झनामा लुम्बिनी निर्माण व्यवसायी संघद्वारा दीप प्रज्वलन

सोमवार , भाद्र २२, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, २२ भदौ । देशका विभिन्न जिल्लामा बाढी–पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

    रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको अप्रत्याशित बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा संघले सोमबार दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको हो ।

    WhatsApp Image 2026-09-07 at 9.27.58 PM.jpeg

    संघको कार्यालय परिसरमा भएको कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा बाढी–पहिरो प्रभावितको तत्काल उद्धार, उपचार तथा आवश्यक सहयोगमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरिएको थियो ।

    संघका कार्यबाहक अध्यक्ष रमेश बेल्वासेको अध्यक्षता तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व उपाध्यक्ष एवं लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका पूर्व कोषाध्यक्ष त्रिभुवनदत्त मिश्र, संघका पूर्वअध्यक्ष तथा सिद्धार्थनगर–७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरे लगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा निर्माण व्यवसायीहरूको सहभागीता थियो ।

    ffffffffff.jpg

    लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रितम रौनियारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।