२०८३, भाद्र २२ गते

Sep 07 2026 | २०८३, भाद्र २२ गते

बाख्रीको मासुलाई खसीको मासु भन्दै विक्री गरेको आरोपमा एकजना पक्राउ

सोमवार , भाद्र २२, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, २२ भदौ । बाख्रीको मासुलाई खसीको मासु हो भनी विक्रीवितरण गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो । आइतबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित आजम मासु पसलमा ग्राहकलाई झुक्यानमा पारी मासु विक्री गर्ने ३९ वर्षिय आजम कुरेसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले पसल सञ्चालकलाई कालोबजारी सम्बन्धी कसुरमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच दिनको म्याद थप भइ सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।