२०८३, भाद्र २२ गते

Sep 07 2026 | २०८३, भाद्र २२ गते

सिर्जनशील संस्था नेपालको अध्यक्षमा बिजु पौडेल

सोमवार , भाद्र २२, २०८३

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, २२ भदौ । सिर्जनशील संस्था नेपाल (सीन) को १२ औं अधिवेशन तथा २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले बिजु पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

    नयाँ कार्यसमितिको उपाध्यक्षमा रिनु श्रीस, महासचिवमा कल्पना ढकाल, कोषाध्यक्षमा खुम कुमारी थापा र सचिवमा मीना खरेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा बिनोद बि.सी., सुमन चौधरी, मनिषा चौधरी, स्यानीमाया थापा गाहार र लक्ष्मी अर्याल रहनुभएको छ ।

    साधारण सभामा संस्थाका अध्यक्ष बिजु पौडेलले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष खुमकुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कार्यवाहक उपाध्यक्ष रेनु श्रीस मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न रमेश बेल्बासेको संयोजकत्वमा निर्वाचन समिति घोषणा गरिएको थियो । 

    नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षका लागि संस्थाको कार्ययोजना तथा प्राथमिकतासमेत तयार गरेको छ । संस्थाले आगामी दिनमा सामाजिक समावेशीकरण, महिला तथा लैंगिक समानता, मानव अधिकार र समुदाय सशक्तिकरणलगायतका क्षेत्रमा आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

    यसैबीच साधारण सभाको अवसरमा संस्थाले वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सिर्जनशील संस्था नेपालकी कार्यक्रम तथा प्रबन्धक प्रतिमा पन्थीलाई प्रशंसापत्रसहित सम्मान गरेको छ । संस्थाप्रतिको योगदान, जिम्मेवारीप्रतिको प्रतिबद्धता र कार्यसम्पादनको मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको हो।

    साधारण सभाले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेको थियो । नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुसार आगामी तीन वर्षमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।