२०८३, भाद्र २२ गते

Sep 07 2026 | २०८३, भाद्र २२ गते

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीस्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन

सोमवार , भाद्र २२, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • दाङ, २२ भदौ । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरी विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । 

    कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगरसहित प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव तथा कर्मचारीहरुको सहभागीता थियो ।

    सहभागीहरुले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्ली र परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । साथै बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरुको शिघ्र खोज तथा उद्धारका लागि प्रार्थना गरिएको थियो ।

    WhatsApp Image 2026-09-07 at 6.54.50 PM (1).jpeg

    रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी लुम्बिनी प्रदेशका २४५ जना नागरिक बेपत्ता भएको र ५ जनाको मृत्यु भएको विवरण आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणी पाण्डेले जानकारी दिनुभयो । बेपत्ता नागरिकका परिवारजन अहिले आफन्तको खोजी र सुरक्षित फिर्तीको प्रतीक्षामा छन् ।

    विपद्को यस घडीमा प्रदेश सरकारले प्रभावित परिवारलाई सहयोग, उद्धार तथा खोजी कार्यमा आवश्यक समन्वय गर्दै आएको जनाएको छ । प्रदेश सरकारले प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहत कोषमा ३ करोड रुपैयाँ, मुख्यमन्त्री र मन्त्रीहरुको आधा महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय यस अघिनै गरिसकेको थियो । नारायणी नदीमा बगेर आएका शवहरुको व्यवस्थापन समेत प्रदेश सरकारको सहयोगमा हुँदै आएको छ ।