२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

मारवाडी युवा मञ्च भैरहवाद्वारा रक्तदान, ७० यूनिट रगत संकलन

आइतवार , भाद्र २१, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • भैरहवा, २१ भदौ । मारवाडी युवा मञ्च भैरहवा, रुपन्देहीले आइतबार आपतकालिन रक्तदान शिविर (कार्यक्रम) गरेको छ । रसुवामा आएको बाढीबाट प्रभावित बिरामीलाई रगतको आवश्यकता बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष रोहित कुमार अग्रवालले बताउनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भैरहवास्थित मारवाडी सेवा संघमा भएको कार्यक्रममा ७० युनिट रगत संकलन भएको मञ्चका महासचिव मोहित सेठियाले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि मारवाडी सेवा संघका अध्यक्ष श्रवण कुमार बेरिवालले मानवीय सेवाका लागि रक्तदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विपद् तथा आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मारवाडी महिला मञ्चको अध्यक्ष बेनु अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवालको, मारवाडी सेवा संघका उपाध्यक्ष अरुण कागलीवाल, मारवाडी युवा मञ्च, भैरहवाका उपाध्यक्ष सौरभ अग्रवाल, कोषाध्यक्ष प्रियांक जैन तथा सचिव अर्चित बेरिवाल, सदस्यहरू अर्पित अग्रवाल, विकास चौधरी, सोमेश अग्रवाल, सञ्चित अग्रवाल, पावन अग्रवाल, मञ्चका सल्लाहकार मनोज कुमार अग्रवाल, मनोज कुमार सिंघल, सन्दीप अग्रवाल, विनय गोयल, मारवाडी सेवा संघका कार्यालय सचिव विनोद मिश्रालगायतको उपस्थिति रहेको थियो ।

    रक्तदान गरौं, जीवन बचाऔं भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति मञ्चले आभार व्यक्त गरेको छ ।