शनिवार , भाद्र २०, २०८३
शशि पन्थी
जापान, २० भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर दिपवे जापान कम्पनी प्रा.लि. ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि कुल आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार बाढीपीडितहरूको सहयोगार्थ दिपवे जापान कम्पनीकोतर्फबाट ३० लाख येन र कम्पनी परिवारकोतर्फबाट ६ लाख येन गरी जम्मा ३६ लाख येन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
यस दुःखद घडीमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले सबैलाई आ–आफ्नो स्थानबाट सहयोगका लागि हात बढाउन आह्वान गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij