शनिवार , भाद्र २०, २०८३
पश्चिम नवलपरासी, २० भदौ । संस्कृति सम्पदा संरक्षणमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित हुनुभएको छ । दाङवोला ग्युईठिम तामा संघ, काठमाडौंद्वारा शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नम्बर ५ निवासी शर्माले आफ्ना स्वर्गीय बाबु दामोदर शर्माको स्मृतिमा विभिन्न संस्कृति तथा सम्पदा संरक्षणका साथै थुप्रै सामाजिक कार्यहरूमा निरन्तर रूपमा क्रियाशील रहँदै आउनुभएको छ । मौलिक संस्कृति र ऐतिहासिक धरोहरहरूको जर्गेनामा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै आयोजक संस्थाले उहाँलाई यो सम्मान अर्पण गरेको हो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने सम्मानित व्यक्तित्व शर्माले आफ्नो यो सम्मानले संस्कृति संरक्षणको आगामी यात्रामा अझै जिम्मेवार भएर लाग्न प्रेरणा दिएको बताउनुभयो । दाङवोला ग्युईठिम तामा संघका सञ्चालक कविता तामाङ्ग खोकरको सभापतित्व तथा संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संघका पूर्वअध्यक्ष मिकमार तामाङ्गले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा स्वागत बुद्ध तामाङ्गले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij