२०८३, भाद्र २० गते

Sep 05 2026 | २०८३, भाद्र २० गते

बाढीप्रभावित क्षेत्रमा नेपाल सि.एम.ए.संघद्वारा स्वास्थ्य शिविर

शनिवार , भाद्र २०, २०८३

  • 886
    Shares
  • 886
    Shares
  • भैरहवा, २० भदौ । नेपाल सि.एम.ए.संघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेवा इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित शिविरमा प्रभावित नागरिकहरुको स्वास्थ्य परीक्षण उपचार, स्वास्थ्य परामर्श तथा नियमित सेवन गर्नुपर्ने दीर्घरोगका औषधि वितरण गरिएको नेपाल सि.एम.ए.संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो ।

    केन्द्रीय उपाध्यक्ष उपाध्यायको नेतृत्वमा महासचिव ईश्वर चापागाई, रुपन्देही जिल्ला अध्यक्ष शशिकान्त उपाध्याय लगायत स्वास्थ्यकर्मीहरुको टोली रसुवा पुगेको छ ।

    शुक्रबार ८० जनाको स्वास्थ्य परीक्षण गरिएको नेपाल सि.एम.ए. संघले जनाएको छ । संघका अनुसार स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य शिविरलाई निरन्तरता दिनेछ ।

    792882452_1596401632272725_3615474176718798842_n (1).jpg