शुक्रवार , भाद्र १९, २०८३
काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विभिन्न कोष, बीमा तथा प्रहरी संगठनबाट गरी २० लाख ४० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध हुने भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मृतक प्रहरीका परिवारलाई कल्याण कोषबाट ३ लाख, किरिया खर्चबापत ४० हजार, राष्ट्रिय वाणिज्य बैंकको बीमाबाट ५ लाख, राष्ट्रिय बीमा संस्थानबाट २ लाख र प्रहरी संगठनबाट राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई उक्त सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij