२०८३, भाद्र १८ गते

Sep 03 2026 | २०८३, भाद्र १८ गते

लायन्स सिद्धार्थनगर यूथद्वारा बाढीपीडितका लागि १ लाख ८६ हजार बराबरको सहयोग

बिहिवार , भाद्र १८, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, १८ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगर यूथले रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १ लाख ८६ हजार ५ सय रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

    क्लबका सदस्यहरुबाट संकलित चामल, नुन, तेल, दाल, चिउरा, आटा, सोयाबीन, चाउचाउ, पानीलगायत खाद्यान्नसँगै लत्ताकपडा र भाँडाकुँडा क्लबले हस्तान्तरण गरेको हो ।

    सामग्रीहरु रुपन्देहीको बुटवलस्थित डिष्ट्रिक्ट सचिवालयमा आयोजित कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनलाई हस्तान्तरण गरिएको क्लबका द्वितीय उपाध्यक्ष सचिन्द्र तुलाधरले बताउनुभयो ।

    क्लबका अध्यक्ष लायन हरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन विवेक रघुवंशीले गर्नुभएको थियो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का पूर्व डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, अर्जुनमान सैंजु, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर अर्चित श्रेष्ठ, डिष्ट्रिक सेक्रेटरी आशिष कृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो ।