२०८३, भाद्र १८ गते

Sep 03 2026 | २०८३, भाद्र १८ गते

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा बाढीपीडितका लागि २५ हजार सहयोग

बिहिवार , भाद्र १८, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, १८ भदौ । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ रुपन्देहीले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा गएको बाढीबाट प्रभावितका लागि २५ हजार रुपैयाँ बढी सहयोग गरेको छ ।

    संस्थाका सदस्यहरूको सामूहिक सहभागीतामा रु. २५ हजार २५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिनुभयो । बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको अध्यक्ष गुप्ताले बताउनुभयो ।

    त्यस्तै संस्थाको उपाध्यक्ष तथा स्थानीय एकता महिला समूहको अध्यक्ष शकुन्तला अधिकारी एवं सदस्यहरूकोतर्फबाट थप २९ हजार ७ सय ५ रुपैयाँ कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।