२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

भीम अस्पतालमा निःशुल्क खाना खुवाउँदै मारवाडी सेवा संघ

मंगलवार , जेठ ४, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, ४ जेठ । 
    मारवाडी सेवा संघ सिद्धार्थनगर, भैरहवाले मंगलबारदेखि भीम अस्पतालमा निःशुल्क खाना खुवाउन सुरु गरेको छ । हिन्दु स्वयंसेवक संघ नेपालको समन्वयमा संघले अस्पतालमा उपचाररत बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना वितरणको थालनी गरेको हो ।

    मंगलबार मारवाडी सेवा संघ सिद्धार्थनगरका अध्यक्ष हेमन्त कुमार अग्रवाल, महासचिव अरुण कुमार अग्रवाल, सदस्य सुशील सिंघल, मारवाडी युवा मञ्च भैरहवाका अध्यक्ष मनोज अग्रवालको उपस्थितिमा खाना वितरण कार्यक्रमको शुभारम्भ गरिएको हिन्दु स्वयंसेवक संघका विभाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।

    ‘कोरोना संक्रमित बिरामीहरु अस्पतालमा उपचारत छन्, अहिलेको विषम परिस्थितिमा निषेधाज्ञाका कारण होटल तथा रेष्टुरेण्ट बन्द छन्, यही कुरालाई मध्यनजर गर्दै बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण सुरु गरिएको हो, ’उपाध्यायले भने । मंगलबार पहिलो दिन १ सय जनालाई प्याकिङ गरेर खाना वितरण गरिएको उनले जानकारी दिए ।

    खाना वितरण कार्यमा लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष विकास यादव, अनुराग पाण्डे, नविन केशरी, दिपक गुप्ता, पवन बर्नवाल लगायत खटिएका छन् । यस अघि हिन्दु स्वयंसेवक संघको समन्वयमा मारवाडी सेवा संघले भीम अस्पताललाई खाद्यान्न सामग्री समेत हस्तान्तरण गरिसकेको राजन शुक्लाले बताए ।