२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने तीनजनालाई जरिवाना

सोमवार , जेठ ३, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, ३ जेठ । 
    रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने तीन जनालाई नियन्त्रणमा लिइ जरिवाना तिराइएको छ । वैशाख १६ देखि जेठ १३ सम्म जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    आइतबार बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गराइ निषेधाज्ञाको अवज्ञा गर्नेलाई नियन्त्रणमा लिइ संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी टोलीले सम्झाईबुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अवरोध पुर्याएकोले उनीहरुलाई एकमहिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही रु. ९ हजार १ सय  तोकिएकोमा उनीहरु उपर लागेको कैद र जरिवानावापतको रकम रु.२७ हजार ३  सय दाखिला गरेपश्चात छाडिएको डीएसपी थापाले जानकारी दिए ।

    यसरी पक्राउ परी जरिवाना तिर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी वतन भइ हाल बुटवल उपमहानगरपालिका–४ बस्ने ४४ वर्षिय होटल संचालक शेर बहादुर भण्डारी, स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थायी ठेगाना भइ हाल बुटवल–११ बस्ने ४० वर्षिय होटल संचालक शम्भु भट्टराई र  बुटवल–११ का २० वर्षिय होटल बारटेण्डर रुकुम मगर रहेका छन् ।