२०८३, श्रावण १८ गते

Aug 03 2026 | २०८३, श्रावण १८ गते

हान लुम्बिनी प्रदेशको तदर्थ समिति गठन हुँदै

सोमवार , श्रावण १८, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • भैरहवा, १८ साउन । होटल एशोसियशन नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठनका लागि साउन २२ गते रुपन्देहीको बुटवलमा विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

    लुम्बिनी प्रदेशको पर्यटन सम्पदाको संरक्षण, नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धनसँगै होटल तथा पर्यटन व्यवसायीको हकहित संरक्षण गर्ने उद्देश्यले तदर्थ समिति गठन गर्न लागिएको हानले जनाएको छ ।

    संघका अनुसार कार्यक्रम साउन २२ गते अपराह्न ४ बजे बुटवलस्थित क्लब डेनोभोमा आयोजना हुनेछ । कार्यक्रममा लुम्बिनी प्रदेशभरका होटल व्यवसायी, पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्व तथा सरोकारवालाको सहभागीता रहने अपेक्षा गरिएको छ ।

    हान लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले प्रदेशस्तरमा संगठन विस्तार गर्दै होटल तथा पर्यटन व्यवसायीलाई एकीकृत गर्ने उद्देश्यले तदर्थ समिति गठन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको पर्यटन प्रवद्र्धन, व्यवसायीका साझा समस्या समाधान, नीतिगत पैरवी तथा निजी क्षेत्रबीच समन्वय सुदृढ बनाउन तदर्थ समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

    कार्यक्रममा सहभागी भइ तदर्थ समिति गठनलाई सफल बनाउन होटल तथा पर्यटन व्यवसायीलाई संघले आग्रह गरेको छ ।