२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

सुनकोशीमा ४ यात्रु सवार कार खस्यो

सोमवार , श्रावण १८, २०८३

  • 991
    Shares
  • 991
    Shares

  •  सिन्धुली, १८  साउन । सिन्धुलीको फिक्कल गाउँपालिका २ स्थित नवलपुर नजिक मध्यपहाडी राजमार्गबाट एउटा कार सुनकोशी नदीमा खसेको छ।

    कारमा ३ जना सवार रहेको देखिने प्रत्यक्षदर्शीले बताउँछन्। दुर्घटनामा परेको कारमा मध्यपहाडी राजमार्ग निर्माण कार्यमा संलग्न ठेकेदारसहित केही व्यक्तिहरू सवार थिए।दुर्घटनालगत्तै स्थानीयवासी, नेपाल प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालित भई उद्धार कार्यमा जुटेका छन्।

    नदीको तीव्र बहाव र सम्भावित क्षतिलाई ध्यानमा राख्दै सुरक्षा निकायले उद्धार कार्यलाई प्राथमिकतामा राखेर टोली परिचालन गरेको छ । कारको अवस्था र त्यसमा रहेका यात्रुहरूको खोजी तथा उद्धारको काम घटनास्थलमा टोली पुगेलगत्तै अगाडि बढाइने प्रहरीले जनाएको छ ।