२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

सोमवार , श्रावण ११, २०८३

  • 541
    Shares
  • 541
    Shares
  • बुटवल, ११ साउन । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान अन्तरगत सोमबार बुटवलको वडा मायादेवी जनज्योति आधारभूत विद्यालयमा वृक्षरोपण गरेको छ । वडा नम्बर ११ स्थित न्यू दुर्गानगरमा रहेको यस विद्यालयमा शैक्षिक सुधार तथा भौतिक पूर्वाधारको बिकासमा समेत टेवा पुर्याउने गरी क्लबले अपनत्व ग्रहण गर्दै वृक्षरोपण गरेको हो । 

    अधिकांश भूमिहिी दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बस्ति बीचमा रहेको यस विद्यालयमा शौचालय निर्माण, मैदान सरसफाई, शैक्षिक सामग्रीहरु वितरण तथा सिकाईमा सुधार र सौन्दर्यकरणका लागि क्लबले सहयोग गर्ने प्रतिवद्धता जनाएको क्लब अध्यक्ष गीता रानाले जानकारी दिनुभयो । आफू अध्यक्ष भएपछि गरीब तथा विपन्न परिवारसम्म पुग्ने अभियान अन्तरगत मायादेवी आधारभूत विद्यालयलाई रोजेको अध्यक्ष रानाले बताउनुभयो ,

    सोही अभियान अन्तर्गत सोमबार विभिन्न प्रजातिका करिब ३ दर्जन विरुवा विद्यालय परिसरमा लगाइएको हो । वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्लबले विद्यालय प्रांगणभित्र आँप, अम्बा, कागती, लिची, कटहर, अमला, कपुर लगायत विभिन्न प्रजातीका ३० भन्दा बढी विरुवा रोपिएको हो । क्लबले विभिन्न विद्यालयहरूको निरीक्षण गर्दा मायादेवी जनज्योति आधारभूत विद्यालयको सबैभन्दा कमजोर देखिएका छनोटमा पारिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर सन्दिप कसौधनले लायन्स क्लब अफ बुटवल सयपत्रीले आयोजना गरेको वृक्षारोपणले वातावरण हरियालीमा सहयोग पुग्नुका साथै विद्यालयको शैक्षिक वातावरण पनि प्रभावकारी हुने बताउनुभयो । उहाँले लायन्स क्लब बुटवल सयपत्रीले गर्न लागेको यो प्रोजेक्टले विद्यालयका साथै विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउनुभयो ।

    वृक्षरोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनकला खनाल न्यौपानेले क्लबले आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद दिनुभयो। उहाँले विद्यालयलाई क्लबको सहयोगले वृद्धि विकास र शैक्षिक लाइनमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । 

    त्यसै गरी जीएसटी कोअर्डिनेटर प्रकाश श्रेष्ठ, एरिया चिफ दीपक गौतम, एरिया सेक्रेटरी राजु भण्डारी, जोन चेयरपर्सन कमल बस्नेत लगायत कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।