
आइतवार , जेठ २, २०७८
काठमाडौं, २ जेठ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य बढाएको छ । निगमले जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्य लिटरमा २ रुपैयाँका दरले बढाएको हो ।
लिटरमा २ रुपैयाँ बढेसंगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij