२०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास

आइतवार , श्रावण १०, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • कञ्चनपुर, १० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

    काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले उक्त विद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

    भारत सरकारको करिव १ करोड ९० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ । भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने यो कञ्चनपुर जिल्लाकै ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

    शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख जोशी तथा अन्य स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।

    नयाँ पूर्वाधार निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि उपयुक्त सिकाइ वातावरण तयार हुने र यसले समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो । नजिकको छिमेकीका नाताले भारत र नेपालबीच विविध क्षेत्रमा गहिरो सहकार्य रहँदै आएको छ ।

    यस्ता सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्ने तथा नेपालको विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारतको प्रतिवद्धतालाई थप बल पु¥याउने विश्वास लिइएको छ ।