२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

खुट्टाको शल्यक्रियाका लागि बिरामीलाई जेसीआई सिद्धार्थको सहयोग

आइतवार , जेठ २, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २ जेठ ।
    जेसीआई सिद्धार्थ, नेपालले खुट्टाको शल्यक्रिया (अपरेशन) गर्नका लागि एक जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । करिब २५ दिन अघि रिक्साबाट लडेका सिद्धार्थनगर नगरपालिका–१२ का ३८ वर्षिय उमेश मुखियाजुले संस्थाले अपरेशनका लागि आइतबार २० हजार ८ सय ५५ रुपैयाँ सहयोग गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

    ‘रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका मुखियाजु लडेर घाइते भएपछि उनी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल गएका थिए, तर आर्थिक अभावको कारण उपचार नगरी फर्कन बाध्य भए, उनको यो अवस्थाबारे जानकारी पाएपछि रकम प्रदान गरेका हौं, ’ज्ञवालीले भने ।

    त्यस्तै उनको परिवारलाई एक महिनाको लागि पुग्ने खाद्यान्न सामग्री समेत हस्तान्तरण गरिएको जेसीआई सिद्धार्थका महासचिव सागर पोखरेलले बताए । हस्तान्तरण कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक माधव शर्माले जानकारी दिए । संस्थाले केही दिन अघि सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाइजर, पिउने पानी र बिस्कुट वितरण गरेको थियो ।