२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

भैरहवामा कर प्रशिक्षण कार्यक्रम सम्पन्न

शनिवार , श्रावण ९, २०८३

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ९ साउन । आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीले मदिरा व्यवसायीलाई करसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । मदिरा व्यवसायी संघ, भैरहवा र आन्तरिक राजस्व कार्यालय भैरहवाको संयुक्त आयोजनामा आयोजित कर प्रशिक्षण कार्यक्रममा व्यवसायीलाई प्रशिक्षण प्रदान गरिएको हो ।

    कार्यक्रममा प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी मदिरा विक्री गर्ने कार्य कानूनविपरीत भएको उल्लेख गर्नुभयो । उहाँले सस्तो मूल्यको लोभमा अवैध मदिराको कारोबार नगर्न उहाँले आग्रह गर्नुभयो ।

    कर अधिकृत गौरव पाण्डेले व्यवसाय दर्ता, प्यान, कर विवरण, कर भुक्तानी तथा सरकारले ल्याएको कर छुट (स्किम) सम्बन्धी व्यवस्था स्पष्ट पारिएको जानकारी दिनुभयो । 

    मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष यादव पोख्रेलले करसम्बन्धी कानूनी व्यवस्था बुझाउन यस्ता प्रशिक्षण प्रभावकारी हुने बताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले कर सम्बन्धी कानूनबारे जानकारी अभावका कारण हुने कमजोरी न्यूनीकरण गर्न प्रशिक्षण उपयोगी रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रम संयोजक उमानाथ पोखरेलको स्वागत तथा संघका महासचिव सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संघका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।