२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

सकारात्मक र सिर्जनशील समाचार संप्रेषणमा प्रहरी महानिरीक्षकको जोड

शुक्रवार , श्रावण ८, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौँ,  ८ साउन । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिनुभएको छ ।

    शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेको उल्लेख गर्नुभयो ।

    सामाजिक सञ्चारमाध्यम र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको भन्दै उहाँले नेपाल प्रहरीले पनि सोही अनुरूप आफूलाई परिमार्जन गरिरहेको जानकारी दिनुभयो ।

    उहाँकाअनुसार, प्रहरीले सामाजिक सञ्चालमार्फत छोटा र प्रभावकारी भिडियो क्लिपहरू सार्वजनिक गरी नागरिकलाई छिटो र सरल ढंगले सूचना पु¥याउने प्रयास गरिरहेको छ । उहाँले सञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई राजनीति, कुटनीति र द्वन्द्वका समाचारमा मात्र केन्द्रित नभई समाजका सिर्जनशील र सकारात्मक पक्षहरूलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो । 

    महानिरीक्षक कार्कीले भन्नुभयो, ‘आजकल मानिसहरू लामो सामग्रीभन्दा छोटो सामग्री हेर्न र पढ्न रुचाउँछन् । टिकटकदेखि समाचारसम्म छोटो स्वरूपमै बढी हेरिन्छ ।

    यसले पढ्ने बानी नै हराउने हो कि भन्ने चिन्ता पनि छ । त्यसैले नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत छोटा र प्रभावकारी भिडियो तथा सन्देशहरू सार्वजनिक गरेर नागरिकलाई छिटो र सहज रूपमा जानकारी दिने प्रयास गरिरहेको छ ।

    सञ्चारमाध्यमसँग पनि मेरो आग्रह छ–राजनीति, विवाद र द्वन्द्वका समाचार मात्र होइन, सिर्जनशीलता, परिश्रम, उत्पादन, कृषि, पर्यटन, नवप्रवर्तन, सुरक्षा र समाजका लागि उत्कृष्ट योगदान दिएका व्यक्तिहरूका प्रेरणादायी समाचारलाई पनि प्राथमिकता दिइयोस् । यस्ता सकारात्मक विषयको प्रवद्र्धनले सभ्य, सचेत र सिर्जनशील समाज निर्माणमा ठूलो योगदान पु¥याउँछ ।’

    उहाँले कृषि, पर्यटन, सुरक्षाका उत्कृष्ट कार्य र आधुनिक सिर्जनाका विविध विधामा लागेका आम नागरिकका सफलताका कथाहरूलाई सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिनुभयो । यस्ता सकारात्मक समाचारले समाजलाई सभ्य, सचेत र उद्यमशील बनाउन प्रेरित गर्ने र समग्र समाजलाई नै रचनात्मकतातर्फ मोडिने अभिलाषा उहाँले व्यक्त गर्नुभयो