२०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए : गगन थापा

मंगलवार , श्रावण ५, २०८३

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली काँग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरो’ र ‘काला’ दिन भएको टिप्पणी गर्नुभएको छ ।

    मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताउनु भयो ।

    उहाँले राजनीतिक दलका नेताहरुले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाउनु भयो । उहाँले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आईपुगेको पनि बताउनु भयो ।

    उहाँले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको बताउनु भयो । उहाँले पार्टीको सिद्धान्तर र नागरिकका अपेक्षअनुसार नेपाली काँग्रेसलाई पुन लोकप्रिय पार्टी बनाउने कुरामा सबै कटिवद्ध भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली काँग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अध्याँरो वर्षहरु भए । ती काला दिनहरु भए । जसभित्र केवल सत्ता, सत्ता, सत्ता । शक्ति, शक्ति, शक्ति, । त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो । म त सिद्धान्तको लागि सास्ती खानुपर्छ ।

    असिद्धान्तको लागि आठ वर्ष झ्याल खाना बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो नि । तपाईं पनि त्यही हो । हामी सबै त्यही हो । तर गएका दश वर्षभित्र कुनै अनवजवानले कहाँको काँग्रेसको कुरान गरेको भन्यो भने मले उसलाई के भन्ने ?’

    उहाँले नेपाली काँग्रेसले मुलुकलाई समृद्ध नभई समुन्नत बनाउने दिशामा काम गर्नुपर्ने बताउनु भयो ।