२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

लायन्स सिद्धार्थनगर युथद्वारा गौ आहार वितरण तथा वृक्षारोपण

सोमवार , श्रावण ४, २०८३

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ४ साउन । लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित  संस्कृत विद्या संन्यास आश्रम, भैरहवामा आइतबार गौ आहार वितरण तथा वृक्षारोपण कार्यक्रम गरेको छ । गौ आहार वितरण कार्यक्रमलाई वर्षभरी नै निरन्तरता दिइने क्लबका कोषाध्यक्ष विवेक रघुवंशीले बताउनुभयो ।

    विद्या आश्रम आफैमा पुण्यको ठाउँ भएको, साथै फल र फूलको विरुवाले अझै सुनमा सुगन्ध दिइ सुन्दर, शान्त तथा हराभरा बनाउन केही सहयोग पुगोस भन्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लबका सचिव विरेन्द्र ज्ञावलीले बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर युथले एक दशक पार गरेर सधै आफ्नो पहिलो कार्यक्रम गौ आहार वितरण गर्नु पुण्यको काम भएको बताउनुभयो । उहाँले आश्रममा वृक्षारोपण गर्नु पनि सराहनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा आश्रमका पीठाधीश श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराज, रिजन चेयरपर्सन निर्मला श्रेष्ठलगायतले बोल्नुभएको थियो। आश्रममा रोपिएको विरुवाको संरक्षण तथा रेखदेख गर्ने आश्रम व्यवस्थापन समिति तथा आश्रममा बसोबास गर्नेको रहेको र क्लवले पनि रोपिएको विरुवाको निगरानी गरिरहने क्लबका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक  सचिन्द्र तुलाधरले जानाकारी दिनुभयो ।

    ssss.jpeg

    क्लबका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा एम्बाष्टर अफ गभर्नर प्रशान्तमणि रामदाम, पूर्वअध्यक्ष तथा जिएसटी सन्दिप नाथ गोंगल, जोन चेयरपर्सन अनित कुमार गुप्ता, क्लबका निर्वतमान अध्यक्ष युवराज श्रेष्ठ लगायतको उपस्थिति थियो ।

    djdihjdihid.jpeg