२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

मालिका गाउँपालिकाका कर्मचारीको एकदिनको पारिश्रमिक : अक्सिजन प्लान्ट अभियानमा

आइतवार , जेठ २, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • गुल्मी, २ जेठ ।
    जिल्लाको मालिका गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुले एक दिनको पारिश्रमिक ‘अक्सिजन प्लान्ट अभियानमा’ सहयोग गर्ने भएका छन् । गाउँपालिकाका कर्मचारी, शिक्षक स्वास्थ्यकर्मीहरुको एक दिनको पारिश्रमिक वापतको ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमा सहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । 

    गाउँपालिकाका शिक्षकहरुको २ लाख ४७ हजार ९ सय ४०, स्वास्थ्यकर्मीहरुबाट ४६ हजा ९ सय ४५ र कर्मचारीबाट ४७ हजार ९ सय ५ प्रदान गरिने भण्डारीले बताए । उनल जिल्लामा अक्सिजनको आवश्यकता अहिले मात्रै नभएकाले महामारीमा आफै जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा शिक्षक कर्मचारीबाट सहयोग गरिएको बताए । मालिका गाउँपालिकाको निर्णयले अभियानको लागि अत्यन्तै खुशीको कुरा भन्दै उक्त निर्णयले अभियानमा लागेका अभियन्ताहरु अत्यन्तै खुशी भएका छन् । 

    कोरोना संक्रमणको दर बढ्दै गइरहेको बेला अक्सिजनको कारण नागरिकको ज्यान जाने स्थितिलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन पलाण्ट अभियान’ संचालन गरेको छ । महामारीका बेला पत्रकार महासंघ गुल्मीले संचालन गरेको अभियानमा ऐक्यवद्धता जनाउँदै अभियान साथ दिने मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीसहितको सहयोगी कर्मचारी, शिक्षक स्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले धन्यवाद दिए । उनले अरु स्थानीय तहलाई पनि अभियानमा जोडिन आग्रह गरे ।