२०८३, आषाढ ३ गते

Jun 17 2026 | २०८३, आषाढ ३ गते

एसियन बुद्ध होटलद्वारा रक्तदान, ३३ यूनिट रगत संकलन

बुधवार , आषाढ ३, २०८३

  • 442
    Shares
  • 442
    Shares
  • भैरहवा, ३ असार । रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल)ले बुधबार रक्तदान कार्यक्रम गरेको छ । होटलले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै होटल परिसरमा आयोजना गरिएको कार्यक्रममा ३३ यूनिट रगत संकलन भएको होटलका अपरेशन हेड जे.पी. सुवेदीले बताउनुभयो ।

    aaaaaaaa.JPG

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाईको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको एसियन बुद्ध होटलले जनाएको छ ।

    रक्तदान कार्यक्रममा होटलका निर्देशक तिलकराम घिमिरे, होटलका कर्मचारी, रक्तदाता लगायतको उपस्थिति रहेको थियो ।

    raktadan pic.JPG

    सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा रहेको चारतारे एसियन बुद्ध होटलले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।