images

शुक्रवार, बैशाख २१ गते २०८१

पत्रकार कोरोना तथा आपतकालिन कोषमा साढे ७ लाख 

पत्रकार कोरोना तथा आपतकालिन कोषमा साढे ७ लाख 

images
images
images
बिहिवार, बैशाख ३० २०७८
बिहिवार, बैशाख ३० २०७८
  • पत्रकार कोरोना तथा आपतकालिन कोषमा साढे ७ लाख 

    बुटवल, ३० वैशाख । 
    नेपाल पत्रकार महासंघ रुपन्देहीको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता भएको छ ।  रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एवंत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन ।

    images
    images
    images

    कोषमा स्वतस्फूर्त रुपमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । उनका अनुसार साढे २ लाख रुपैयाँ पत्रकार महासंघको कोषमा प्राप्त भइसकेको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए । 

    महासंघ रुपन्देहीको वैशाख २७ गते बसेको अनलाईन बैठकले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको थियो ।  कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रुपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक ढकालले बताए ।

    कोरोना महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केही हदसम्म भए पनि कोषमार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताइन् । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरुलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ । 
    कोरोनाको दोस्रो लहर सुरु भएपछि रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए । उनका अनुसार यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघ–संस्थासंग सहकार्य गरी स्वास्थ्य सुरक्षा सामग्री समेत वितरण गरिसकेको छ । 

    कोषमा सहयोग गर्ने व्यक्तिहरुको नाम केहि दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष सञ्जय सौगातले जानकारी दिए । पत्रकारको उपचार, राहत तथा आपतकालिन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ । 
    कोषमा जम्मा गर्न चाहनेले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बुटवल शाखामा रहेको महासंघको बैंक खाता नम्बर   ००१००१००००५०३३०००००१ मा जम्मा गर्न अपिल गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij