२०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

मारवाडी युवा मञ्च भैरहवाको अध्यक्षमा रोहित अग्रवाल

शुक्रवार , जेठ २९, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, २९ जेठ । मारवाडी युवा मञ्च भैरहवा, रुपन्देहीको नयाँ कार्यसमिति गठन गरिएको छ । बिहीबार मञ्चको बैठकले वर्ष २०८३–०८५ का लागि रोहित अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

    WhatsApp Image 2026-06-12 at 12.00.12 AM.jpeg
    रोहित अग्रवाल

    कार्यसमितिको उपाध्यक्षमा सौरभ अग्रवाल, निवर्तमान अध्यक्षमा मनिष खेरारी, महासचिवमा मोहित सेठिया, सचिवमा अर्चित बेरिवाल र कोषाध्यक्षमा प्रियंक जैन रहनुभएको छ । 

    त्यस्तै सदस्यहरुमा रौनक अग्रवाल, जय अग्रवाल, पवन अग्रवाल, अभिषेक अग्रवाल, अर्पित अग्रवाल, आँचल गोयनका, सोमेश अग्रवाल, संचित खन्ना, संजित अग्रवाल, मनोनित सदस्यमा शुभम अग्रवाल र विकास चौधरी रहनुभएको छ ।

    त्यसै गरी सल्लाहकारमा मनोज अग्रवाल, मनिष गर्ग, मनोज सिंघल, सन्दिप अग्रवाल र विनय गोयल रहनुभएको महासचिव मोहित सेठियाले बताउनुभयो ।