images

शुक्रवार, बैशाख २१ गते २०८१

ईदु उल फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह

ईदु उल फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह

images
images
images
बिहिवार, बैशाख ३० २०७८
बिहिवार, बैशाख ३० २०७८
  • ईदु उल फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह

    भैरहवा, ३० वैशाख ।
    जामा मस्जिद अहले सुन्नत समिति एवं मदरसा अहले सुन्नत नइमुल बलुम तौलिहवाले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न अपिल गरेको छ ।  जामा मस्जिद तथा मदरसाको कार्य समितिको बैठकले ईदुल फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न अपिल गरेको हो । रमजान महिनाको अन्त्यमा मनाइने इस्माम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रका दिन इदगाहमा पुगेर सामूहिक नमाज पढ्ने गरिन्छ । अहिले नयाँ भेरियन्टसहितको कोरोनाको भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ईद पर्व घरमै बसेर मनाउन समितिले अपिल गरेको हो ।

    images
    images
    images

    रमजानको सुरुको दिनमा पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज पढेका थिए । समितिका अध्यक्ष रउफ अहमद खाँले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगि एकअर्कामा शुभकामना आदानप्रदान नगर्न समेत आग्रह गरे ।

    त्यसै गरी रमजान महिनामा निकालिने सद्का तथा जकात आफ्नो टोलछिमेकमा भएका गरीब असहाय वा विपन्न वर्गलाई सहयोग गर्नको मदरसा तथा जामा मस्जिदका प्रवक्ता जियाउल हकले आग्रह गरेका छन् ।

    आफ्नो सम्पतिको जकात तथा सदका रकम यस मदरसामा निःशुल्क आवासीय रुपमा अध्ययनरत ७० जना विद्यार्थीहरुको खानपिन साथै मदरसा मर्मत सम्भारको लागि सहयोग गर्न यस मदरसाका मौलाना अलि हसन निजामीले आग्र गरेका छन । 
    ईद पर्वमा नयाँ लुगा लगाउने चलन भएता पनि दुःखको बेलामा नयाँ लुगा किन्नु भन्दा सो वापतको रकम जरुरत मन्दलाई सहयोग गर्नको लागि यस मदरसाका कोषाध्यक्ष मो. जाहिद खाँ ले आग्रह गरेका छन । 

    इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोड्ने दिन ईदुल फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सद्भावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईदुल फित्र भोलि (शुक्रबार) मनाइँदैछ ।
    रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने इस्लाम धर्मावलम्बीहरुले विश्वास गर्दछन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij