बिहिवार , जेठ २८, २०८३
परासी, २८ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ स्थित भैरमपुरका १२ घरपरिवारलाई बुधवार थप राहत सामग्री हस्तान्तरण गरिएको छ । केही महिनाअघि भएको आगलागीबाट प्रभावित १२ घरपरिवारलाई आवश्यक खाद्यान्न, घर निर्माण कार्यमा प्रयोग गरिने फलामजन्य सामग्री र केही स्टेशनरी सामग्री संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ काठमाडौं मिडटाउनको प्रयोजनमा रोट्रर्याक्ट क्लब अफ काठमाडौं मिडको समन्वयमा प्राप्त विभिन्न सामग्रीहरू प्रभावित समुदायमा पुगेर हस्तान्तरण गरिएको छ ।
सामग्री वितरण गर्दै प्रतिनिधि सभा सदस्य विक्रम खनालले भैरमपुरमा परेको पीडालाई मलम लगाउने विभिन्न संघ–संस्थाबाट गरिएको सहयोगप्रति सबैलाई आभार व्यक्त गर्नुभयो । आगलागीबाट प्रभावित भएका समुदायलाई सक्दो सहयोग गर्ने आफ्नो दायित्व भएकोले एक जिम्मेवारी जनप्रतिनिधि रूपमा आफूले सबै संघ–संस्थाको सहकार्यमा राहत सामग्री वितरण भएको बताउनुभयो ।
यसअघि प्रतिनिधि सभा सदस्य खनालको पहलमा इन्द्रेणी सामाजिक विकास मञ्च, यूएमएन लगायतका विभिन्न संघ–संस्थाको सहयोगमा खाद्यान्न, लत्ताकपडा, भान्साजन्य विविध सामग्री उपलब्ध गराइसकिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij