२०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

मानव तस्करको जालो तोडी पीडकलाई कडा कारवाही गर्नुपर्छ : सांसद पौड्याल

बिहिवार , जेठ २८, २०८३

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा, २८ जेठ । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले मानव तस्करको जालो तोडी थप अनुसन्धान गरी पीडकलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले मानव तस्करको जालोमा युवायुवतीहरु फसाइएको र तस्करी विभिन्न परिवर्तित रुपमा भइरहेको बताउनुभयो ।

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्नहुुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद पौड्यालले विभिन्न लोप देखाइ प्रलोभनमा पारेर मानव बेचबिखन भइरहेको बताउनुभयो । उहाँल एजेण्टहरु नेपालका गाउँगाउँमा फैलिएको बताउनुभयो । उहाँले कहिले नेटवर्किङ व्यवसाय, कहिले यौन व्यवसाय र कहिले मानव अंग बेचबिखन गर्ने उद्देश्यले पनि उनीहरु तस्करीमा लागेको बताउनुभयो ।

    ‘भर्खर मात्र भारतको उत्तरप्रदेशको कुशीनगरबाट मध्यरातमा छापा मारी करिब ४० जिल्लाको ४५३ जना नेपालीलाई सफल उद्वार गरी जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीमा ल्याएर अनुसन्धान भइरहेको छ । म आफै पनि उद्दार गरिएका युवायुवतीलाई भेटी समस्या, पीडा सुन्दा, बुझ्दा, महसुस गर्दा साह्रै न कहालीलाग्दो अवस्था छ । ४५३ जनामध्ये ११५ महिला र ३३८ पुरुष थिए,’उहाँले भन्नुभयो ।

    धेरैको संख्यामा भारतमा नै रहेको जानकारी आएको उहाँले बताउनुभयो । भारतमा लगेर नेटवर्किङ व्यवसायमा लगाउने, पैसा फिरौती असुल गर्न र सदस्यहरु बनाउन लगाउने, रकम असुल गर्न बाध्य बनाउने र उनीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको पनि पाइएको सांसद पौड्यालले बताउनुभयो ।

    ‘यो सफल उद्वार गरिएको अहिलेसम्मकै ठूलो संख्यामा हो । नेपाल सरकारको यो उदाहरणीय कार्य पनि हो । र, यो सफल उद्दार गर्ने नेपाल सरकार, गृह मन्त्रालय, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुपन्देही, प्रशासन कार्यालय र भारतस्थित खासगरी नेपाली दूतावासको टीमले र किन इण्डियाको टीमले अथक प्रयासपछि उद्दार गरिएको छ । त्यसको लागि म यो सदनमा धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु, ’उहाँले भन्नुभयो ।