२०८३, कार्तिक ६ गते

Oct 23 2026 | २०८३, कार्तिक ६ गते

प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझाव : इतिहास अध्ययन गर्नुस्

मंगलवार , जेठ २६, २०८३

  • 931
    Shares
  • 931
    Shares
  • काठमाडौँ, २६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहलाई इतिहासको अध्ययन गर्न सुझाव दिनुभएको छ । 

    प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरु ३५ वर्ष यताको हुन् भनि उल्लेख गर्नुभएकोप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराउनुभएको हो ।

    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले प्रधानमन्त्री साहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने पनि बताउनु भयो ।

    प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पार्नुभएको हो । नेता केसीले प्रधानमन्त्रीले आफनो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि भरिया लगाएर अर्कोले जवाफ दिएर हुँदैन । तपाईमाथि प्रश्न उठाएको कुनै प्रतिनिधि राखेर अथवा कोही मान्छेमार्फत जवाफ दिएर हुन्छ ? हुँदैन ।

    उहाँको अभिव्यक्तिबाट जे आयो, त्यसलाई सच्याउनुपर्ने अथवा त्यसमा गल्तीभए फिर्ता लिनुपर्ने । अथवा कुन मनसायले भनेको हो, उहाँले आएर भनिदिँदा के हुन्छ ? आज मैले उहाँको स्टाटस हेरेको थिएँ नक्कली हो कि के हो ? थाहा छैन ।

    ३५ वर्षदेखि यो समस्या रहेको हो भनेर भन्नुभएको छ । मैले सम्माननीय प्रधानमन्त्रीजीलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने अलि इतिहासलाई अध्ययन गरौँ । यो ३५ वर्षयताको समस्या मात्रै होइन ।’

    नेता केसीले संसदलाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने पनि बताउनु भयो ।