२०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो

मंगलवार , जेठ २६, २०८३

  • 343
    Shares
  • 343
    Shares
  • काठमाडौँ, २६ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहितका पदाधिकारी फिफा विश्वकप हेर्न उत्तर अमेरिका जान नपाउने भएका छन् ।

    फिफा विश्वकप २०२६ मा सहभागी हुन विदेश जाने बाटो खुला गरिदिन उनीहरूले गरेको अनुरोधलाई राखेपले अस्वीकार गरेको थियो ।

    राष्ट्रिय खेलकुद परिषद् राखेपले अध्यक्ष नेम्वाङ र महासचिव राईसहित २४ जनाविरुद्ध विदेश भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा नगरेपछि विश्वकप हेर्न जान नपाउने भएका हुन् ।

    आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले वैशाखमै एन्फाका पदाधिकारीहरूलाई विदेश जान रोक लगाएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि राखेपले एन्फामा भएको अर्थिक अनियमितताको छानबिन गरिरहेको छ।