२०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्त

मंगलवार , जेठ २६, २०८३

  • 157
    Shares
  • 157
    Shares
  • दाङ, २६ जेठ । नेकपा (एमाले)) लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछानेलाई नियुक्त गर्नुभएको हो । 

    दुवैजनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ । यसअघि प्रमुख सचेतक रहनुभएका रुपन्देहीका तुलसी प्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर हुनुहुन्थ्यो । चौधरीले सोमबार नै कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्रीको सपथ ग्रहण गर्नुभएको छ । 

    त्यस्तै सचेतक रहनुभएकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।