२०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय र सचिवमा पाण्डे विजयी

सोमवार , जेठ २५, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा महेन्द्र प्रसाद उपाध्याय विजयी हुनुभएको छ । आइतबार (हिजो) तिलोत्तमा नगरपालिकाको मणिग्राममा सम्पन्न अधिवेशनबाट उपाध्याय २९६ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी हुनुभएको छ । सभापतिका अर्का उम्मेदवार आशिष न्यौपानेले १५३ मत प्राप्त गर्नुभयो ।

    त्यस्तै जिल्ला उपसभापतिमा दुर्गा प्रसाद अर्याल विजयी हुनुभएको छ । अर्याल २३८ मतका साथ विजयी हुँदा उहाँको प्रतिष्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गर्नुभयो ।

    सचिवमा ज्ञानेन्द्र पाण्डे २३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवको अर्का उम्मेदवार मोहन बिक्रम जि.सी.ले २०३ मत प्राप्त गर्नुभयो ।

    सह–सचिवमा २७९ मतका साथ बाबुराम अर्याल विजयी हुँदा उक्त पदका उम्मेदवार प्रेमनारायण तिवारीले १४८ मत प्राप्त गर्नुभयो । सदस्यहरुमा शर्मिला आचार्य, अनिता पन्थी, जमुना सापकोटा, रामनाथ हरिजन र राज बहादुर क्षेत्री गरी विजयी हुनुभएको छ ।

    निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर १ को संयोजकमा खडानन्द पौडेल, २ को संयोजकमा बिष्णु प्रसाद पौडेल, ३ मा छबिलाल शर्मा, ४ मा विश्वनाथ शर्मा र ५ मा शेषकान्त गैरे (समिर) निर्वाचित हुनुभएको छ ।