आइतवार , जेठ २४, २०८३
भैरहवा, २४ जेठ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी विषयक अभिमुखीकरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । सक्षम सहारा बहुउद्देश्यीय महिला समुहको सभाहल सिद्धार्थनगर नगरपालिका–६ किशोरपुरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा किशोरी र महिला गरी २८ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा माइती नेपाल भैरहवाको कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
मानव बेचबिखनविरुद्धको कार्यमा लामो समयदेखि कार्यरत संस्था माइती नेपाल भैरहवाले बेचबिखनबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको हो । कार्यक्रम संयोजक क्षेत्रीले बेचबिखन किन र कसरी गरिन्छ, कानूुनी व्यवस्था के छन् जस्ता विविध विषयमा चेतनामूलक जानकारी प्रस्तुत गर्नुभएको थियो ।
महिला समूहको अध्यक्ष सचिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा समुहका महासचिव लाजिना देवकोटा, शान्ता भण्डारी, तुलसी बस्नेत, मिना सिंह क्षेत्री, खिम कुमारी थापा, कल्पना ज्ञवाली, धरा पन्थी, सिद्धार्थनगर बाल क्लबको अध्यक्ष तारा बेल्बासे लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
