आइतवार , जेठ २४, २०८३
तिलोत्तमा, २४ जेठ । पूर्वसैनिक कृषि सहकारी संस्था लि. तिलोत्तमा–७, भलवारी, रुपन्देहीले आफ्ना सञ्चालक समिति, लेखा समिति र उपसमितिहरुका लागि एकदिवसीय नेतृत्व विकास तथा क्षमता अभिवृद्धि, धितो मूल्यांकन र धितो लिलामीसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
शनिवार भलवारीमा आयोजित तालिममा सहकारी बैंक, बुटवल शाखाका प्रबन्धक रोशन पौडेल, सहकारी अभियन्ताहरु दलबहादुर गुरुङ र युवराज घिमिरेले नेतृत्व विकासको अर्थ, यसका विधि, प्रक्रिया, क्षमता विकासका तरिका, निक्षेप, बचत, कर्जा, कर्जा मूल्यांकनका आधार, धितो लिलामीका प्रक्रियाका विषयमा सहजीकरण गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा सहकारीका अध्यक्ष क्याप्टेन रामबहादुर गुरुङ, उपाध्यक्ष हवल्दार कृष्णबहादुर पुन, सचिव मेजर सुवेदार गिरी प्रसाद राना, सदस्य अनिता गुरुङ, कोषाध्यक्ष पदमबहादुर गुरुङ, व्यवस्थापक सुनिता पुन र कर्मचारी केशरी थापा मगरले प्रस्तुत प्रिजेन्टेसनमाथि आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले आफ्नो सहकारीलाई जिल्लाकै नमूना कृषि सहकारी बनाउने अभियानमा गतिशील गरेको समेत बताउनुभयो ।
उहाँहरुले तालिमबाट सैद्वान्तिक ज्ञान प्रशस्त हासिल भएको र सो ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्वता जनाउनुभयो । तालिममा संस्थाका ३५ जनाको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
