आइतवार , जेठ २४, २०८३
रुपन्देही । लिस्नु युवा क्लबका पूर्व खेलाडी एवं सक्रिय सदस्य विशाल गोलेलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। तिलोत्तमा नगरपालिका–१५ मधवलिया निवासी गोलेलाइ क्लवको तर्फबाट ४१ हजार रपैया आर्थिक सहयोग गरिएको हो ।
विगत केही समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । गोलेको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले लिस्नु युवा क्लबले ४१ हजार आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको अध्यक्ष तारा मल्लले जानकारी दिनुभयो । क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा उक्त रकम विशाल गोले र उहाँका बुवालाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
क्लबले मानवीयता र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आफ्ना सदस्य तथा समुदायका व्यक्तिहरूको दुःख–सुखमा साथ दिने गर्दै आएको छ । खेलका माध्ययमबाट देशको बिकासमा टेवा पुर्याउदै आएको क्लवले सामाजिक कार्य पनि गर्दै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्लबका प्रतिनिधिहरूले विशाल गोलेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सहयोगका लागि सबैलाई सहयोगी भावना राख्न आग्रह गरेका छन्।
लिस्नु युवा क्लबले आर्थिक सहयोग अभियानमा साथ दिने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगदाताप्रति आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
