२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बृहत् रक्तदान कार्यक्रम सम्पन्न

शुक्रवार , जेठ २२, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • रुपन्देही, २२ जेठ । ‘सुरक्षा अटल, भविष्य सबल’ नारासहित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको सहकार्यमा बिहीबार भएको कार्यक्रममा ५९ प्वाइन्ट रगत संकलन भएको हिमालयन लाइफ इन्स्योरेन्स प्रदेश उपप्रमुख जुना कुँवरले जानकारी दिनुभयो ।

    कार्यक्रममा इन्स्योरेन्सका विभिन्न शाखा प्रमुख, अभिकर्ता लगायत विभिन्न क्षेत्रका व्यक्तिले रक्तदान गर्नुभएको थियो ।
    कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख बुद्धबहादुर सुर्यवंशी, उपप्रमुख शिव कुमाल लगायतले रक्तदानको महत्व र हिमालयन लाइफ इन्स्योरेन्सका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

    रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदातालाई सम्मान समेत गरिएको थियो।