२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सिद्धार्थनगरको आइसोलेशन सेन्टरमा अक्सिजनको अभाव

बुधवार , बैशाख २९, २०७८

भैरहवा, २९ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्धारा सञ्चालित आइसोलेशन सेन्टरमा अक्सिजनको अभावले उपचारमा समस्या आएको छ ।

हालै सञ्चालनमा आएको सिद्धार्थनगर वडा नम्बर ३ स्थित बसपार्कमा रहेको आइसोलेशन सेन्टरमा अक्सिजनको अभाव देखिएपछि बिरामी भर्ना गर्न समस्या भएको नगरपालिकाले जनाएको छ । 

आइसोलेसनमा १० बेडसहितको कोरोना संक्रमित बिरामी उपचार भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । हाल आइसोलेशनमा १२ जना बिरामीको उपचार भइरहेको आइसोलेशन सेन्टरका व्यवस्थापक कपिल थापाले जानकारी दिए ।