images

आइतवार, बैशाख ३० गते २०८१

छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अर्थमन्त्री पौडेलसमक्ष आग्रह

छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अर्थमन्त्री पौडेलसमक्ष आग्रह

images
images
images
मंगलवार, बैशाख २८ २०७८
मंगलवार, बैशाख २८ २०७८
  • छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अर्थमन्त्री पौडेलसमक्ष आग्रह

    बुटवल, २८ वैशाख ।
    कोभिड–१९ को प्रभाव नियन्त्रण कसरी गर्न सकिन्छ ? लुम्बिनी प्रदेशका हरेक जिल्लाका कोभिड-१९ नियन्त्रण सम्बन्धि मुलभुत समस्याहरु के के हुन ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ? भन्ने सन्दर्भमा लुम्बिनीको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशसभाका सांसदहरू, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थितिमा मंगलबार भर्चुअल माध्यममार्फत बैठक सम्पन्न भएको छ ।  

    images
    images
    images

    बैठकमा मन्त्री भोजप्रसाद श्रेष्ठले अर्थमन्त्री पौडेलसमक्ष लुम्बिनी प्रदेशको समग्र कोभिड–१९ सम्बन्धि हालको अवस्था, प्रदेश मन्त्रालयको विशेष गरी विविध कारणले देखा परेको अक्सिजनको अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएको बताउँदै छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, लिक्विट ट्यांकको व्यवस्थापन, एन्टिजिन टेष्टको दायरा बढाउन लगायतका अन्य कोभिड १९ नियन्त्रणका उपकरणहरू व्यवस्थापन गर्न प्रादेशिक कोभिड कोषलाई ६० करोडको बनाउन आर्थिक लगायत अन्य स्रोत व्यवस्थापन गरिदिन आग्रह गरे । 

    अर्थमन्त्री पौडेलले अक्सिजनको तत्काल व्यवस्थापन गर्न चिनबाट ल्याउने प्रक्रिया अगाडि बढिसकेको, भेन्टिलेटर, औषधि लगायतका आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न सरकार लागिपरेको बताउँदै आर्थिक व्यवस्थापनमा कुनै कमी नरहने बताए । 

    लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तत्काल बिरामीहरुलाई विशेष गरी अक्सिजन अभाव भएको, पीसीआर परिक्षणको दायरा बढाउन एवं एन्टिजिन किटको प्रयाप्त व्यवस्था गर्न लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका थिए । सुरक्षा संयन्त्रले कम स्रोतसाधनका बाबजुद पनि गतिविधिलाई तीव्रता दिइराखेकाले स्रोत व्यवस्थापनका लागि आग्रह गरेका थिए भने प्रमुख जिल्ला अधिकारीले जिल्लाको समग्र कोभिडको अवस्था र चालिएका कदमबारे रिपोर्टिङ गरेका थिए ।  

    स्वास्थ्य विज्ञको तर्फबाट डा. मान बहादुर के.सी.ले हाम्रो जस्तो मुलुकमा कोभिड नियन्त्रणको प्रमुख उपाय भनेको भौतिक दुरी कायम गर्ने र सरसफाइमा विशेष ध्यान दिनु नै उचित हुने बताए । 
    १२ वटै जिल्लामा विशेष समस्याका रूपमा देखा परेका प्रश्नहरुको जवाफ दिदै कार्यक्रम सञ्चालक लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले अगाडि सारेका योजनासहित देवदह मेडिकल कलेजमा कोभिड बेड बिस्तार गरिएको बताए । उनले ५८३ जना अस्थायी दरबन्दी स्वीकृत भइसकेको र आवश्यक परे थप गर्न सकिने मन्त्रालयले कोभिड नियन्त्रणमा चालेका कदमहरूको बारेमा जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij