images

मंगलवार, बैशाख १८ गते २०८१

बिरामीलाई निःशुल्क खाना खुवाउँदै लायन्स भैरहवा ग्रीन सिटी

बिरामीलाई निःशुल्क खाना खुवाउँदै लायन्स भैरहवा ग्रीन सिटी

images
images
images
सोमवार, बैशाख २७ २०७८
सोमवार, बैशाख २७ २०७८
  • बिरामीलाई निःशुल्क खाना खुवाउँदै लायन्स भैरहवा ग्रीन सिटी

    भैरहवा, २७ वैशाख ।
    कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरसंगै संक्रमितको संख्या बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले वैशाख १६ देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको हो । कोरोनाको लक्षणसहितका विरामीहरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने कतिपय बिरामीहरु अस्पतालमा बेड र अक्सिजन नपाएर बाहिर छट्पटारहेको छन् भने कतिपय ज्यान गुमाउन बाध्य छन् ।
    निषेधाज्ञा जारी भएपछि अहिले होटल तथा रेष्टुरेण्टहरु बन्द हुँदा अस्पतालमा उपचार गराइरहेका बिरामी र बिरामी कुरुवा पनि प्रभावित भएका छन् । निषेधाज्ञाका कारण घरबाट खाना अस्पतालसम्म पुर्याउन पनि समस्या छ । 

    images

    यही अवस्थालाई मध्यनजर गर्दै भैरहवाको एक सामाजिक संस्थाले अस्पतालमा उपचारत कोरोना संक्रमित र अन्य बिरामी तथा विरामी कुरुवालाई खाना खुवाउन सुरु गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचाररत विरामी र विरामी कुरुवालाई सोमबारदेखि खाना खुवाउन सुरु गरेको हो । सोमबार पहिलो दिन १५० जनालाई खाना खुवाइएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । ‘आजदेखि खाना खुवाउन सुरु गरेका छौं, पहिलो चरणमा एक हप्तासम्म खुवाउँछौं, गुप्ताले भने ।

    सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएकोले कोरोना महामारीमा केही सामाजिक काम गर्नुपर्छ भन्ने उद्देश्यले अस्पतालमा पुगेर तयारी अवस्थामा राखिएको प्याकेटको शुद्ध शाकाहारी खाना वितरण गरिएको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए । सोमबार युसीएमएसको जनसम्पर्क अधिकृत सुशिल गुरुङको उपस्थितिमा खाना वितरण गरिएको क्लबका सचिव भिम बहादुर थापाले बताए । 

    निःशुल्क खाना वितरण कार्यक्रमको लागि क्लबले संस्थाकी डाइरेक्टर युथ संगिता सिंह जि.सी.लाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij