
सोमवार , बैशाख २७, २०७८
बुटवल, २७ वैशाख ।
कोरोना संक्रमणले मातृभुमिको स्थिति झनझन बिग्रदो अपस्थामा गएपछि अक्सिजन समेत नपाएर बिरामीको मृत्यु भइरहेको दुःखद स्थितिमा सहयोग पुर्याउन अफ्रिकास्थित एनआरएनएका राष्ट्रिय समन्वय समितिहरुबाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय तह, संघ–संस्थासंग समन्वय गरी १२ लाख सहयोग पठाउने निर्णय गरेको छ ।
विगतझै स्वदेशलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरुले आफ्नो स्वदे प्रति माया राखी सहयोग गर्दै आइरहेको र यो विपतमा पनि साथ दिन लागेको अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले बताए ।
अफ्रिका क्षेत्रको बैठकले डीआरसी कंगोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कंगो, घाना, मोजाम्बिके एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा ३ लाख ५० हजार बराबरको ५ सय ५० सिलिण्डर रिफिल गरी बुटवलबाट लायन्स क्लब अफ बुटवल स्टार्सका संस्थापक अध्यक्ष सन्दिप कशौधनको समवन्यमा सहयोगमा पठाउने सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगाएत २ नम्बर प्रदेशमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने र अन्तर्राष्ट्रिय समितीकि महिला उप–संयोजक मन थापाको संयोजकत्वमा सुदुरपश्चिम प्रदेशमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ । क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउँदै जाने र आवश्यकता अनुसार अन्य जिल्लाहरुमा सहयोग गर्दै जाने बताए ।
सोमबार सम्पन्न संघको क्षेत्रीय बैठकमा मोजाम्बिके अध्यक्ष देवी पौडेल, कंगो अध्यक्ष अमृत क्षेत्री, केन्या अध्यक्ष सुरज डुम्रे, तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई, सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष विनोद थापा लगायतको उपस्थिति रहेको कंगो अध्यक्ष अमृत क्षेत्रीले बताए । बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गरेकोमा प्रशंसा गरे र यो संकटमा पनि सधैझै योगदान पुर्याउनेमा आफू विश्वस्त रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij