images

शनिवार, बैशाख १५ गते २०८१

बोधी इन्ष्टिच्युट लुम्बिनीद्वारा भीम अस्पताललाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान

बोधी इन्ष्टिच्युट लुम्बिनीद्वारा भीम अस्पताललाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान

images
images
images
सोमवार, बैशाख २७ २०७८
सोमवार, बैशाख २७ २०७८
  • बोधी इन्ष्टिच्युट लुम्बिनीद्वारा भीम अस्पताललाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान

    भैरहवा, २७ वैशाख ।
    बोधी इन्ष्टिच्युट लुम्बिनीले भैरहवास्थित भीम अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई खाद्यान्न सामग्री तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । इन्ष्टिच्युटले कोरोना संक्रमित बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई मास्क, सेनिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट, ग्लोब्स तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।

    images

    बोधी इन्ष्टिच्युट लुम्बिनीका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवाली र संघका कार्यसमिति सदस्य गोपाल भण्डारीले आइतबार भीम अस्पतालका आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मा नेपालीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामग्रीहरुमा पीपीई १५ थान, मास्क २ हजार थान, सेनिटाइजर २० लिटर, ग्लोब्स २ डब्बा, चामल ५ बोरा, दाल ३० केजी मिनरल वाटर ५० काटुन रहेका छन् ।

    सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता प्रख्यात बन्जाडे, भोला गुप्ता लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कोरोना संक्रमित विरामी कुरुवाहरुलाई पानी वितरण गरिएको भोला गुप्ताले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij