२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

साना तथा मझौला ढुवानी व्यवसायीका समस्या समाधानका गर्न सरोकारवालाको माग

मंगलवार , बैशाख २२, २०८३

  • 883
    Shares
  • 883
    Shares
  • बुटवल, २२ वैशाख । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायीहरुको समस्या समाधानका लागि सरोकारवाला संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले गम्भिर हुन सरकारसँग माग गरेका छन् । रुपन्देहीको बुटवलमा सम्पन्न लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको १२ औं बवार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले साना तथा मझौला व्यवसायीहरु जस्तै ढुवानी व्यवसायीहरु पनि सरकारको नीतिनियमका कारण मर्कामा परेको भन्दै तत्काल सुधार गर्न आग्रह समेत गरेका छन् । 

    कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बानियाँले सरकारले यातायात तथा ढुवानी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने माग गर्नुभयो । उहाँले सरकारको नीति, सडकको अवस्था, प्रहरीको ज्यादती लगायतका थुप्रै समस्याहरु झेल्दै कठिनतापुर्वक आफ्नो व्यवसाय गरिरहेका यातायात क्षेत्र, साना, ठुला तथा मझौला ढुवानी व्यवसायी धरासायी हुने अवस्थामा पुगिसकेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । सबै यातायात तथा ढुवानी व्यवसायीहरु एकताबद्ध भइ आफ्ना साझा समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष सुमन सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष लक्ष्मण क्षेत्री, ट्रक यातायात ब्यबसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डे, कोषाध्यक्ष तथा लुम्बिनी यातायातका अध्यक्ष रुमाखर गौतम, पूर्व केन्द्रिय व.उपाध्यक्ष लोकराज पोख्रेल, केस बसन्त खड्का, बाणगंगा यातायातका लक्ष्मण भुसाल, पश्चिमाञ्चल यातायातका वरिष्ठ उपाध्यक्ष गणेश घिमिरे, ढुवानी व्यवसायी संघका अनिल श्रेष्ठ, संघका महासचिव रमेशराज बज्राचार्य लगायतले ढुवानी व्यवसायीका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्नुभएको थियो ।