२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

अग्नी नियन्त्रण उपकरण हस्तान्तरण

आइतवार , बैशाख २०, २०८३

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा, २० वैशाख । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले लुम्बिनी प्रेस क्लब, रुपन्देहीलाई अग्नी नियन्त्रण उपकरण (फायर एक्स्टीङ्गगुईसर) हस्तान्तरण गरेको छ । आइतबार भैरहवास्थित क्लबको कार्यालयमा वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले क्लबका अध्यक्ष कमल रायमाझीसहित क्लबका पदाधिकारी र सदस्यलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता र विपद् व्यवस्थापन समितिको संयोजक समेत रहनुभएका यादवले विपद्को पूर्वतयारीले धनजनको क्षतिबाट बच्न सकिने बताउनुभयो ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सिद्धार्थनगर वडा नम्बर ४ कार्यालयले क्लबसँग सहकार्यमा कार्यक्रमहरु अघि बढाएको बताउनुभयो ।