आइतवार , बैशाख २०, २०८३
काठमाडौं, २० वैशाख । लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतम बंगलादेशस्थित ग्लोबल ल थिङ्कर्स सोसाइटीको एसिया महादेशीय नेता पदमा नियुक्त हुनुभएको छ।
यो नियुक्तिसँगै नेपालबाट अन्तर्राष्ट्रिय युवा नेतृत्व, शान्ति प्रवद्र्धन र दिगोपनका क्षेत्रमा महत्वपूर्ण प्रतिनिधित्व थपिएको छ । उक्त संस्थाले विश्वका सयभन्दा बढी देशमा युवालाई सशक्त बनाउने, शान्ति स्थापना गर्ने तथा दिगो विकासका लक्ष्यलाई अघि बढाउने कार्य गर्दै आएको छ ।
नयाँ जिम्मेवारीसँगै गौतमले एसियाभर सहकार्य विस्तार, युवा सहभागीता अभिवृद्धि तथा वातावरण संरक्षण र शान्तिका अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । उहाँको नियुक्तिलाई विभिन्न क्षेत्रबाट स्वागत गरिएको छ ।
गौतम लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष समेत हुनुहुन्छ । उक्त संस्था नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा शान्ति, वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।

© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
