२०८३, आषाढ ३ गते

Jun 17 2026 | २०८३, आषाढ ३ गते

नमुनामा ‘टीम बिल्डिङ्ग’ कार्यक्रम

आइतवार , बैशाख २०, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २० वैशाख । नमुना एकीकृत विकास परिषद्, रुपन्देही (नमुना)ले ‘टीम बिल्डिङ्ग’ कार्यक्रम गरेको छ । संस्थाको अध्यक्ष सीता भट्टराईको अध्यक्षता तथा ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    lll.JPGकार्यक्रममा संस्थाको १८ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई स्वागत गरिएको थियो । त्यस्तै संस्थाका निवर्तमान पदाधिकारी तथा सदस्यहरूलाई सम्मानसहित विदाइ गरिएको थियो । साथै उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै संस्थासँग विभिन्न रूपमा स्वयंसेवी सेवा तथा सहयोग पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।

    कार्यक्रमका नमुनाको नवनिर्वाचित अध्यक्ष सीता भट्टराईले संस्थाको इतिहास तथा उपलब्धिहरूको प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले संस्थामा टीम वर्कको महत्वबारे प्रकाश पार्नुभयो । अध्यक्ष भट्टराईले संस्थाको मनोबल उच्च बनाउने तथा संस्थागत लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नमुनाले सफलताको कथा सुनाउने धेरै पात्र जन्माएको बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि सुनीता चौधरीले आगामी कार्यकालका लागि निर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले विकासका लागि स्थानीय तहबाट सदैव सहयोग र सहकार्य रहने बताउनुभयो ।

    संस्थाको संस्थापक अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले नमुनाले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

    संस्थाका कार्यकारी निर्देशक दिनेश पौड्यालले संस्थाको सुरुवातदेखि हालसम्मको यात्रामा भोगिएका चुनौती, अवसर तथा सबल पक्षहरूबारे विस्तृत रुपमा जानकारी गराउनुभयो । 

    कार्यक्रममा हाल सञ्चालनमा रहेका परियोजनाहरूका बारेमा परियोजना संयोजक सुमित राजभण्डारी र श्री राजेश जी.सी. ले प्रस्तुतीकरण गर्नुभएको थियो ।

    कार्यक्रमले संस्थाभित्र सहकार्य, एकता तथा उत्साह अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको नमुनाका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले बताउनुभयो । सरकारले गर्न नसकेका कतिपय काम यो संस्थाले गरेको उहाँले बताउनुभयो । नमूनाका हेड अफ अपरेशन मोहन कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    संस्थाको १८ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले सीता भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेमकला गैरे, सचिवमा विष्णु माया कुँवर, कोषाध्यक्षमा पवित्रा पन्थी, सदस्यमा लक्ष्मी चौधरी, सीमा के.सी., सुनिता हरिजन, भिष्म ज्ञवाली र सुमित्रा गुप्ता रहनुभएको छ ।