images

शनिवार, बैशाख १५ गते २०८१

आइसीयूसहित कोभिड अस्पताल संचालनको तयारीमा सुनवल नगरपालिका

आइसीयूसहित कोभिड अस्पताल संचालनको तयारीमा सुनवल नगरपालिका

images
images
images
आइतवार, बैशाख २६ २०७८
आइतवार, बैशाख २६ २०७८
  • आइसीयूसहित कोभिड अस्पताल संचालनको तयारीमा सुनवल नगरपालिका

    परासी, २६ वैशाख । 
    पश्चिम नवलपरासीको सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्ने तयारीमा लागेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टको कोभिड–१९ को संक्रमण जिल्लामा पनि तीव्र रुपमा फैलिदै गएको छ । जसको संक्रमणबाट संक्रमित बिरामीहरु अहिले अक्सिजनसहितको बेड नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै सुनवल नगरपालिकाले आफैं आइसीयूसहितको कोभिड अस्पताल संचालनको तयारीमा जुटेको छ ।

    images

    देशभरी नै अक्सिजन र बेडको अभाव छ जसकारण कोभिड–१९ का बिरामीहरु उपचार नपाएर ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा आफनो नगरबासीहरुलाई बचाउन नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले आफनो पालिकामा १० बेडको आइसीयूसहितको २० बेडको कोभिड अस्पताल संचालनमा लागेको जानकारी दिए । सुनवल–१ स्थित आइसोलेशन भवनमा उक्त कोभिड अस्पताल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य चौकीका प्राविधिकहरुको सहयोगमा बेड र स्वास्थ्य उपकरण लगायतका सरसामानहरुको सेटिङ भइरहेको र उक्त अस्पताल दक्ष चिकित्सकको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिने नगरप्रमुख थापाले जानकारी दिए ।

    नगरप्रमुख थापाले अस्पतालहरुमा बेड र अक्सिजन अभाव देखेर आफनो नगरबासीहरुलाई उपचार सेवा प्रदान गर्न सुनवलमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडसंग पहल गरी ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरणसहितको स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्त गरेको छ । सिमेन्ट लिमिटेडले नगरपालिकालाई कोभिड अस्पताल संचालनका लागि कम्फर्ट बेड १० सेट, पेसेन्ट मोनिटर ४ सेट, ईसिजी मेसिन १ सेट, सिरिन्ज पम्प ५ सेट, ईन्फ्युजन पम्प ५ थान, सक्सन मेसिन १ थान, बिआइपिएपी अटो विथ ह्युमिडिफायर ३ सेट, सिपिएप अटो ब्लु विथ हिटेड ह्यमिडिफायर २ सेट, अक्सिजन फ्लोमिटर १० थान, क्राश क्राफट ट्रली १ थान, डिफिब्रिल्लेटर १ थान गरि ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण र सामग्रीहरु नगरप्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरेको छ । उक्त उपकरण र थप नगरपालिकाको सहयोगले १० बेडको मिनी आइसीयू र २० बेड अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन हुने नगरपालिकाले जनाएको छ । यसभन्दा अगावै नगरपालिकाले अक्सिजनसहितको २० बेड आइसोलेशन सेन्टर संचालन गर्दै आएको थियो ।

    नगरपालिकामा आइसीयुसहित उक्त कोभिड अस्पताल सञ्चालनका लागि सिमेन्ट लिमिटेडले आज उक्त स्वास्थ्य उपकरणहरु नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाले उक्त स्वास्थ्य उपकरणहरु पाएपछि कोभिड अस्पताल निर्माणमा लागिपरेको र २/३ दिनभित्रै संचालनमा ल्याउने नगरप्रमुख थापाले जानकारी दिए ।

    नगरप्रमुख थापाका अनुसार उक्त कोभिड अस्पतालमा स्वास्थ्य उपकरण सिमेन्टले दिए पनि प्राविधिक र जनशक्ति लगायतका सम्पुर्ण सञ्चालन खर्च सहयोग नगरपालिकाको रहने जानकारी दिए । यो अस्पताल सञ्चालनमा नगरउप प्रमुख दधिराम अर्याल लगायत वडाअध्यक्षहरु र कर्मचारीहरु समेत लागिपरेका छन् । यस्तो महामारीको बेला आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्न जिल्लामै पहिलो नगरपालिका रहेको र यसको चौतर्फी प्रशंसा समेत भइरहेको छ ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij