बुधवार , बैशाख १६, २०८३
रुपन्देही, १६ वैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले बुटवलका निजी र सामूदायिक विद्यालय तथा क्याम्पसका चमेना गृह (क्यान्टिन) मा अनुगमन गरेको छ । अनुगमनका क्रममा विद्यालयका चमेना गृहका भान्साकोठा र भाडा माँझ्ने ठाउँ एकै ठाउँ र डस्टबीन खुल्ला राखेको पाइएको कार्यालयले जनाएको छ ।
बुटवल उपमहानगरपालिकासँगको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनमा चमेना गृहमा पहिले भन्दा धेरै सुधार आएको पनि पाइएको छ । मंगलबार पाँचवटा शिक्षण संस्थामा अनुगमन गरिएको थियो ।
पाँचवटै चमेना गृहमा समोसा, पकौडा र चाउमिन पाक्ने तेलको टिपिएम २५ भन्दा कम पाइएको छ । अनुगमन गर्दा पहिले भन्दा धेरै सुधार आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना शर्मा अधिकारीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
