२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

तिरुपतिले जित्यो खुकुरी कपको उपाधि

मंगलवार , बैशाख १५, २०८३

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १५ वैशाख । तिरुपति स्पोटर्स क्लबले रुपन्देहीको भैरहवामा सम्पन्न ‘खुकुरी टी–२० कप–२०८३’ को उपाधि हात पारेको छ । मंगलबार सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ११ रनले हराउँदै तिरुपतिले उपाधि चुम्न सफल भएको हो । 

    उपाधिसँगै तिरुपतिले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले  ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन बनायो । उसका लागि सार्दुल त्रिपाठीले ३२, आकाश त्रिपाठीले ३०, सन्दीप मौर्यले २१, इमरान शेख र  मोम्मद हुसेन गद्दीले १३–१३ तथा नरेन साउदले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका अनुराग यादव, बैतुल्लाह खान, प्रशान्त श्रीवास्तव र अजय चौहानले समान २–२ तथा अकलेश यादव र दुर्गेश गुप्ताले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्रै बनायो र उपाधि जित्नबाट चुक्यो । उसका लागि प्रशान्त श्रीवास्तवले ४८, समीर अली मुसलमानले ३० र अकलेश यादवले १७ रन बनाए । बलिङमा तिरुपतिका मोहम्मद हुसेनले ४, आकाश त्रिपाठीले ३ र सार्दुल त्रिपाठीले २ विकेट हात पारे । खेलमा आकाश त्रिपाठी म्यान अफ द फाइनल भइ एक हजार ५ सय रूपैयाँ हात पारे ।

    प्रतियोगितामा तिरुपतिका आकाश त्रिपाठी म्यान अफ द सिरिज भइ १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै न्यू होराइजन क्रिकेट क्लबका अमर मिश्रा उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी खुकुरीका बैतुल्लाह खान उत्कृष्ट बलर भए । उनीहरुले जनही ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

    विजेता र उपविजेता टीमलाई आयोजक संस्था लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्ज्वल पोखरेल, पर्यटन व्यवसायी अमित कुमार गुप्ता, रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, खेल संयोजक नन्दन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।